25.4 C
Makwānpur
Homeमुख्य समाचारपूरा गरौं माटोप्रतिको जिम्मेवारी

पूरा गरौं माटोप्रतिको जिम्मेवारी

मनिता राना

हेटौंडा/हेटौंडाको माटो अस्वस्थ्य देखिएको छ । यहाँको माटोमा अधिक अम्लीयपन र प्राङ्गारिक पदार्थ कम देखिएको सरकारी अध्ययन प्रतिवेदनले देखाएको हो । माटोमा हुनुपर्ने पोषकतत्व, खाद्य तत्वसमेत कम देखिएको
छ । यहाँको माटोमा रासायनिक मल प्रयोग, चक्रीय बाली नलगाउँदा र अवैज्ञानिकढंगले खेती गर्दा माटोको उर्वरा क्षमता कमजोर देखिएको सरकारले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

माटोको नमुना परीक्षण तथ्यांक विश्लेषण गर्दा खेतीयोग्य जमिनको ६६ प्रतिशत् माटो अम्लीय प्रकृतिको पाइएको
हो । ५ प्रतिश्त माटोमा क्षारीय र २९ प्रतिशत् माटोमात्र तटस्थ प्रकृतिको पाइएको छ । धेरैजसो बाली उत्पादनका लागि तटस्थ माटो उपयुक्त हुने जनाइएको छ । कृषि विभागले गरेको डिजिटल स्वाइल म्यापअनुसार यहाँको माटोमा चाहिने प्राङ्गारिक पदार्थको मात्रासमेत कम पाइएको छ । यसले माटो उत्पादनशील छैन भन्ने देखाउने विभागले जनाएको छ ।

विभागले दिएको जानकारीअनुसार २३ प्रतिशत् माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको छ । ६५ प्रतिशत् माटोमा मध्यम र १२ प्रतिशत्मा अधिक रहेको पाइएको छ । प्राङ्गारिक पदार्थलाई माटोको आधारका रुपमा पनि लिइने गरिन्छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा ३-५ प्रतिशत् हुनु आवश्यक छ । तर, यहाँ अत्यन्त कम छ । कृषि विकास रणनीतिले माटोको प्राङ्गारिक पदार्थको मात्रा १.९६ प्रतिशत्बाट ४ प्रतिशत्मा पुर्‍याउने लक्ष्य लिएको छ ।

माटो परीक्षण प्रतिवेदनअनुसार खेती गरिने जमिनको ५ प्रतिशत्मा नाइट्रोजनको मात्रा न्यून, ५८ प्रतिशत्मा मध्यम र ३७ प्रतिशत्मा अधिक छ । फस्फोरस तत्व तुलनात्मक राम्रो छ, जसमा ४ प्रतिशत्मा न्यून, १९ प्रतिशत्मा मध्यम र ७७ प्रतिशत्मा अधिक छ । पोटास तत्वको मात्रा तीव्रगतिमा घटिरहेको छ, जसमा ३ प्रतिशत्मा न्यून, २८ प्रतिशत्मा मध्यम र ६९ प्रतिशत्मा अधिक छ । खाद्यतत्व जति धेरै भयो, उति नै राम्रो हुने विज्ञ बताउँछन् । बालीबिरुवाका लागि आवश्यक सूक्ष्म खाद्यतत्व जिंक, मोलिब्डेनम र बोरनको मात्रा पनि न्यून देखिएको छ ।

माटोको पोषक तत्व न्यून हुँदै जानु चिन्ताको विषय हो । ‘माटोको उर्वरापन ह्रास हुँदै जाँदा उत्पादनमा कमी आइ समग्र खाद्य सुरक्षा नै जोखिममा पर्ने सम्भावित खतराप्रति सचेत हुने बेला भइसकेको छ,’ कृषिविज्ञ तथा कृषि ज्ञानकेन्द्र प्रमुख तेजप्रसाद दवाडीले हेटौंडा सन्देशसँग भने । उनले बेलाबेला आफ्नो खेतबारिको माटो परीक्षण गराउने, अम्लीय धेरै भएको माटोमा कृषिचुन प्रयोग गर्ने, प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ उपयोग गर्नुपर्ने सुझाव दिएका छन् । रासायनिक मल सन्तुलित मात्रामा प्रयोग गर्नुपर्ने, बालीचक्रका आधारमा खेती र कोसेबाली प्रयोग गर्नुपर्ने पनि उनले औंल्याएका छन् । बाली काटिसकेपछि बाँकी अवशेषहरु जमिनमा मिसाउन उनको आग्रह छ ।

‘माटो हाम्रो सँस्कृतिसँग जोडिएको छ, नैतिक पक्षसँग पनि उसैगरि गाँसिएको छ । हामी माटोलाई आमाका रुपमा हेर्छौं । यसले जीवन दिन्छ । हुर्काउँछ, बचाउँछ । हाम्रो स्याहार गर्छ,’ उनले भने-यस हिसाबले माटो मानिसको मात्र नभएर समग्र प्राणीजगत्का लागि आधार हो । र, यसले आफ्नो दायित्व सदैंव पूरा गर्दै आएको छ ।

साँस्कृतिक र नैतिक दायित्वको पक्षबाट हेर्दा माटोले जसरी प्राणीका लागि आफ्नो दायित्व निर्वाह गरेको छ । मानिसले पनि माटोका लागि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । आमाबुबाले जसरी हामीलाई हुर्काइपढाइ बढाउनुभयो, उहाँहरु बुढो हुँदा हामीले जसरी सहयोग गर्छौं, माटोले पनि हामीलाई आश्रय दिनेदेखि जीवन दिने काम गरेकाले हाम्रो पनि उसप्रति जिम्मेवारी रहने उनको तर्क छ ।

विश्व माटो दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । ‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ नारासाथ दिवस मनाइएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले जनाएको छ । संयुक्त राष्ट्र संघअन्तर्गत् खाद्य तथा कृषि संगठन एफएओको सिफारिसमा संयुक्त राष्ट्र संघको ६८ आंै महासभाको निणर्यले सन् २०१३ डिसेम्बर ५ देखि दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिकरुपमा दिवस मनाउन सुरु गरिएको थियो । माटो दिवस नेपाल कृषि अनुसन्धान परिषद् नार्क, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, अन्तर्राष्ट्रिय गहुँ तथा मकैसुधार केन्द्रले संयुक्तरुपमा मनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार