25.4 C
Makwānpur
Homeमुख्य समाचारसिचाईं अब नियमित सञ्चालनमा

सिचाईं अब नियमित सञ्चालनमा

हेटौंडा/वागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामबहादुर खड्काले चितवनको नारायणी लिफ्ट तथा खगेरी सिचाईं व्यवस्थापन आयोजनालाई नियमितरुपमा सञ्चालन गर्ने गरी मन्त्रालयले काम गर्न तयार रहेको बताएका छन् ।

कार्यालय निरीक्षण अनुगमनपछि उनले जनताको आयस्तरसँग जोडिएका आयोजनालाई नियमितरुपमा सञ्चालनमा ल्याउने गरी काम गर्न जरुरी रहेको बताए । नारायणी लिफ्ट तथा खगेरी सिचाईं व्यवस्थापन आयोजनालाई प्रभावकारीरुपमा सञ्चालनमा ल्याउन सके उत्पादन बढाएर उत्पादनले अन्य जिल्लालाई समेत पुर्‍याउन सकिने उनले बताए । उनले भने-जनतासँग प्रत्यक्ष सरोकार राख्ने योजना भएकाले नियमित सञ्चालन गरेर सेवा दिनुपर्छ भन्नेमा मन्त्रालय छ । यसको व्यवस्थापनका लागि जनप्रतिनिधिसँगको परामर्श आबश्यक रहेको उनले बताए ।

मन्त्रालयका सचिव मोहनकुमार शाक्यले नियमित सिचाईंका लागि आबश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताए । योजना बनाएर जनताले सेवा पाउने काम गरौं । हामी सहयोग गर्न तयार छौं,’ उनले भने । उनले मन्त्रालयबाट हुनसक्ने र गर्न सकिने काममा आफू सधैं सकारात्मक भएको उनले बताए । उनले भने-नियमित सेवा दिन के गर्नुपर्छ योजना बनाएर ल्याउनुहोस् । हामी काम गर्न तयार छौं ।

मन्त्रालयको सिचाईं महाशाखा प्रमुख मेघराज अवस्थी, नारायणी लिफ्ट सिचाईं आयोजना अध्यक्ष पूणर्बहादुर रानाभाटलगायतले दुवै वटा सिचाईं आयोजनालाई नियमित सञ्चालन गर्नसके पश्चिम चितवनमा सिचाईंको अभाव नहुने बताए । कार्यक्रममा कार्यालय प्रमुख प्रकाश तिमल्सिनाले कार्यालयको अबस्था र हाल भइरहेको कामबारे प्रकाश पारे । मन्त्री खड्काले पूर्वी चितवनमा रहेको भूमिगत् जलस्रोत तथा सिचाईं विकास डिभिजन कार्यालय खैरहनी र जलस्रोत तथा सिचार्इं डिभिजन कार्यालय भरतपुरको निरीक्षण अनुगमन गरे । सो क्रममा उनले कर्मचारीहरुलाई आवश्यक निर्देशनसमेत दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार