यक्ष मल्लको स्वर्गारोहणपश्चात् जेठा छोरा राय मल्ल भक्तपुरकोे राज सिंहासनमा बसे । तत्कालिनसमयसम्म संयुक्तशासन चलाउने प्रचलन थियो । राय मल्लका दोस्रा भाई रत्न मल्ल थिए । उनी तीन वर्ष पुग्दा–नपुग्दै कान्तिपुरका महापात्रहरुलाई विभिन्न जालझेल, चुक्ली लगाएर स्वतन्त्र राज्य स्थापना गरे । उनले ई.सं. १४८४ मा राज्य स्थापना गरे । आफ्नो राज्य लाई मजबुत बनाउंदा केही कमजोरी छ भन्दै दाउपेच लगाएर हेर्दा साम,दाम दण्डभेद लगाएर दल–बलसहित नुवाकोटतर्फ जोड्दारले आक्रमण गरि बिजय गरेर कान्तिपुर राज्यमा समावेश गराएका थिए । दक्षिणतर्फ पाटन राज्य आफ्नोमा मिलाउन त्यहाँका हर्षपाल र उनैका छोरा जगतपाल नै हर्ताकर्ता भएर उनीहरुलाई आफ्नो पक्षमा मिलाएर कान्तिपुर मै गाभे ।
कान्तिपुरमा महापात्रहरु १२ जना थिए, तिनीहरुमध्ये एक÷एक जनालाई फुटाएर पटक–पटक गरी मार्न लगाए । कान्तिपुर वि.सं. १५४१ मा र नुवाकोट वि.सं. १५४८ मा विजय गरेका थिए । उनका भाई तेस्रो रण मल्ल थिए । उनले भानिज भीम मल्लको सहयोगमा बनेपालाई कब्जामा लिए । उद्धवदेव सामन्त दोलखामा थिए । उनी
राजा हुन पुगे र ठाकुर र देव भन्न थाले ।
वि.सं. १५५४ मा विष्णु सिंहले ललितपुरमा छुटै राज्य कायम गरे । तत्पश्चात उपत्यकामा तीन वटा राज्यहरु भए । यक्षमल्ल कै समयमा कान्तिपुर, पाटन, फर्पिङ, दोलखा–नुवाकोटका सामन्तहरुलाई अधिकार मै राखे र सामन्ती कर उठाइरहे । त्यसकारण सामन्तहरु मौका कुरिरहेका थिए । मौका पर्ना साथ उनले आफै राजा भएको घोषणा गरे । रत्न मल्लले वि.सं. १५४१ देखि १५७७ सम्म राज्य सञ्चालन गरेका थिए । रत्न मल्लको समयमा तिरहुत र तिब्वतसंग व्यापार राम्रो थियो । तिब्वतमा व्यापार गरेर बसेका मुसलीमहरुलाई कान्तिपुरमा बोलाई व्यापार गर्न दिएका थिए । कान्तिपुरेहरुलाई विलासिताका वस्तुहरु उपभोग गर्न÷गराउन सिकाए । मकवानपुरको चित्लाङ–कुलेखानीतर्फ तामा खानीबाट तामा झिकाई टक्सारी गर्न लगाएका थिए ।
भक्तपुरबाटै राजा रत्न मल्लले तलेजु हनुमान ढोकामा ल्याएर मन्दिर निर्माण गर्नुका साथै सप्तऋषि अष्ठमातृका र दक्षिणकालीका मूर्तिहरु निर्माण गर्न लगाए । चार अंक भएको रामायण लेख्न लगाएर मञ्चन गराएका थिए । उनले इन्द्र मल्ललाई हिमचीम बढाइ अरुको कुरा सुनेर थुनामा राख्न लगाई मार्न लगाए । मालतीदेवी रत्न मल्ल राजाका रानी थिइन । उनको पनि संघर्षमय जीवन जिएर राज्यलाई मजबुत र शक्तिशाली बनाइदै लगेकी थिइन् । राजा रत्न मल्लले ३६ वर्षसम्म राज्य गरेर वि.सं. १५७७ भाद्रमा उनको मृत्यू भएको थियो ।
रत्न मल्लको छोरापछि नाति सूर्य मल्लका छोरा थिए अमर मल्ल, उनको मृत्युपछि उनका छोरा महेन्द्र मल्ल कान्तिपुरका राजा भए । महेन्द्र मल्लले प्रशासनिक, आर्थिक सामाजिक र कला जस्ता विषयमा महत्वपूर्ण विकास गरेका थिए । पहिलो पटक राजा महेन्द्र मल्लले चाँदीका मुद्राहरुको टक्सारी गरी मधेश र भोटबाट व्यापार सञ्चालन गराए । उनले टक्सारी गरी बनाएको सिक्कालाई महेन्द्र मल्ली भन्ने प्रचलन थियो । यसै समयमा दोलखाका राजा इन्द्रसिंह देवले पनि चाँदीका टक्सरी गराएका थिए ।
एक जोडी राजहंस र शाही बाज लगेर पारितोषिकरुपमा दिल्लीका बादशाहलाई दिएकोले मुद्राको टक्सारी गरेर सटहीदर कायम गराएका थिए । कान्तिपुरको चाँदीको मुद्रालाई मुगल बादशाहको क्षेत्रमा पनि मान्यता पाएकोले महेन्द्र मल्लीको प्रचार प्रसार भएर प्रख्यात भएको पाइन्छ । त्यहि मुद्राले तिब्वती बजारमा पनि मान्यता पाएर कारोवार भएको थियो । तिब्वतमा टक्सारी थिएन । चिनिया टकभन्दा महेन्द्र मल्ली टक राम्रो भएकोले प्रख्यात र प्रशिद्ध भएको थियो ।
महेन्द्र मल्लले आत्मनिर्भरका लागि जाँतो, ढिकी, चर्खा, तान, कतुवा, पढासी घरबुना, मसिनो कपडा बुन्ने तानहरु बनाउन लगाई व्यापार व्यवसाय लाई बढावा दिएका थिए, बाहिर सिप शिकेर आउने लाई कदर गर्दथे । उद्योग–व्यापार र व्यवसायलाई प्रमुख मान्दथे । राज्यको उन्नती प्रगतिका लागि सीप सवैले जान्नु पर्दछ भनि टोल–टोलमै गएर प्रचार गर्दथे । शासन विकेन्द्रीकरणतर्फ लानुपर्छ कुलत दुव्र्यसनी विरुद्ध न्याय दिलाउन न्याय सेवा अडड स्थापना गरेका थिए । टोल–टोलमा कचहरी गर्न लगाएर झै–झगडा छिन्न स्थानीय वयोबृद्ध र सम्बन्धित विषयका ज्ञाताहरु, पञ्च भलाद्मी राखेर छिनो फानो गर्न लगाउँदथे ।
कला–कौशलमा पनि राजा महेन्द्र मल्लको बिशेष चाख थियो । वि.सं. १६१८ मा एक मन्दिर निर्माण गराई महेन्द्रेश्वर नामाकरण गराए । वि.सं. १६२० मा तलेजु भवानीको मन्दिर निर्माण गराए । कोटी लिङ्गेश्वर महादेव मन्दिरका साथै बासुदेव प्रधुम्न संघर्ष र रुद्र्रका मूर्तिहरु पनि स्थापना गरेका राखिएको थियो । आफ्नो
राज्यभित्र जनताले खान बनाए वा बनाएनन् भनेर बुझ्न राजा महेन्द्र मल्ल आफ्नो दरवारको छानामा बसेर सबैघरमा धुँवा आएको छ छैन हेर्दथे । धुवाँ नआएको घरमा के भएको रहेछ बुझ्न लगाउंदथे । खाना नखाएको भए खाना दिने गर्दथे । सबै घरमा खाना खाइसके पछि मात्र राजा महेन्द्र मल्लले आफु खान्थे । उनले आफ्नो राज्यको सबै घरमा बिहान बेलुका ९–१० बजेसम्म खाना खाईसक्नु पर्ने नियम नै बनाए टोल गाउँहरुमा परेको झगडा मिलाउन स्थानीयलाई अधिकार दिएका थिए । यसलाई कचहरि भनिन्थ्यो । १४ वर्ष शासन गरेका थिए । वि.सं. १६३१ मा परलोक भए । महेन्द्र मल्लका जेठा छोरा सदाशिव मल्ल थिए । उनी व्यभिचारी, कामुक, अन्यायी थिए । स्थानीय जनता अत्यन्तै अप्रिय थिए । मनोहरामा समातेर भक्तपुर लगि थुनामा राखियो ।
कारागार ः
वि.सं. १६३५ मा शिवसिंह मल्ल राजा भए । राजा भएर राम्रो काम गरेका थिए । उनी राजा भएपछि दोलखा÷पाटनलाई आफ्नो बंशमा ल्याउने कोशिस गरिरहेका थिए । उनले वि.सं. १६५५ मा पाटनमाथि आक्रमण गरेका थिए र नियन्त्रणपछि आफ्नै छोरा हरिहर सिंहलाई पाटनको शासक बनाए र दोलखामा पनि आक्रमण गरी आफ्नो बसमा पारेर उत्तरमा केरुङ दक्षिणतर्फ मकवानपुर र केही भोग सिन्धुली पनि कब्जा गरेका थिए । उनले स्वयम्भुको मर्मत–जीर्णोद्धार गरे । नुवाकोटको भैरवीमा घण्ट चढाए देगुतले मन्दिर निर्माण गराए । पशुपति र चाँगुनारायणका मन्दिरर पाटनको महाबैद्ध मन्दिर पशुपतिको छाना कान्तिपुर र बुढानीलकण्ठ बीचको जंगललाई
राज्यको वन बनाए ।
शिव सिंहको वि.सं. १६७७ मा मृत्युभयो उनका दुई नातिहरु थिए । कान्छा सिद्धिनरसिंह मल्ल पाटनका राजा भएका थिए । बावु÷पिताको मृत्यू पूर्व नै आमा लालमतीको इच्छाअनुसार पाटनका राजा भए भने कान्तिपुर लक्ष्मी नरसिंह मल्लका समयमा पाटन र भक्तपुर संयुक्त भएर कान्तिपुरमाथि आक्रमण गरेका थिए । कान्तिपुर माथि आर्थिक नाकाबन्दी लगाइ दिएकोले खाद्यान्न र नुनहरु लिनसमेत कठिन भएको थियो । तब राजालक्ष्मी नरसिंह मल्लले एकानी शत्रु–एकानी मित्रु भनी सन्धी गरेका थिए ।
लक्ष्मीनरसिंह मल्लका छोरा प्रताप मल्ल थिए । उनले अगाडि सरेर पाटनमाथि आक्रमण गर्न पुगे । पाटनका राजा सिद्विनरसिंह मल्लले पाटनमा भव्य कृष्ण मन्दिर निर्माण गराई सम्पन्न भएपश्चात ४० दिने कोटीहोम महायज्ञ भैरहेको समयमा पाटनका सबै जनता उठेर कान्तिपुरे सेनालाई त्यहाँबाट धपाएका थिए । यिनको समयमा एक तान्त्रिक जसको नाम विशेष थियो । उनलाई गोरखनाथको कृपा भएर एकबृक्षको मण्डप निर्माण गरेको भनी लेखिएको भएता पनि लक्ष्मीनरसिंह मल्ल
राजा हुनुभन्दा चारसय वर्ष अगाडि नै हस्तलिखित ग्रन्थमा उल्लेख भएको भनी डा. रामप्रसाद उपाध्यायले नेपालको समिक्षात्मक इतिहासमा उल्लेख गरेअनुसार काष्टमण्डप थियो । उनी धर्मात्मा थिए, लक्ष्मी नरसिंह मल्लको दरवारमा भीम मल्ल र नरदेव भारदारहरु थिए । ई.सं. १६४१ मा भारदार भीम मल्लको सहायता लिएर राजा लक्ष्मीनर सिंहलाई कैदमा राखेर उनकै छोरा प्रताप मल्ल राजा भएका थिए । १६ वर्षको कठोर कारागार मै उनको मृत्यु भयो ।
प्रताप मल्लले आफ्नै पितालाई कारागारमा राखेर काजी भीम मल्ललाई मारेका थिए । पिता लक्ष्मीनरसिंहको विश्वासी भीम मल्ल भएकोले भीम मल्ललाई मारेका हुन् भनिन्छ । कान्तिपुरे राजा प्रताप मल्ल झोडी स्वभावका हुँदा मिलेर जानुपर्छ भनि भक्तपुरे राजा नरेश मल्लले प्रताप मल्ललाई केही धन र हात्ती दिएर सन्धि गरेका थिए । तिब्वतले पनि कान्तिपुरे फौजदेखि दोलखा र तिब्वतको कुत्ती खासालार्ई आफ्नोे अधिनमा लियो । तिब्वतसंग गरेको वाणिज्यदुत सन्धि अनुसार नेपाली बाणिज्यदूत तिब्वतमा रहने र ३२ कोठीहरु खोल्ने सन्धिमा राखिएको थियो । भोटका लागि आवश्यक मुद्रा नेपालले बनाएर दिने मान्यता पाउने भोटमा नेपालीहरुको अपुताली परे तिनका सम्पत्ति नेपाल सरकारले नै पाउने समेत सन्धिमा उल्लेख थियो । राजा प्रताप मल्लले तिब्वत गएका भीम मल्ललाई विरोधीको कुरा सुनेर तिब्वतसंग सन्धिपश्चात नेपाल फर्केको केही समयमा काजी भीम मल्लको हत्या गराए । भीम मल्लकी पत्नीले नेपाल दरवारमा राम्रो काम गर्नेको भलो नहोस, भनी श्राप दिइ पतिसंगै सती गएकी थिइन । यो श्राप आज पनि नेपालीहरुमा “सतीले श्राप दिएको देश” भन्दैछन् ।
राजा प्रताप मल्लले पनि भीम मल्ल निर्दोष भएको थाहाका थिए । राजा प्रताप मल्लले दक्षिण कालीमाथिबाट तल अहिलेको स्थानमा तान्त्रिक स्वामी ज्ञानानन्द र लम्बकर्ण भट्ट र जामुना गुभाजुको सहयोगमा स्थानान्तरण गरेका थिए । प्रताप मल्लले कला र वास्तुकलामा विशेष ध्यान दिएर काम गरेका थिए । हनुमान ढोका दरवार बाहिर र भित्र विस्तार र श्रृगारका साथै मोहन चौक, नासल चौक, सुन्दरी चौक, भण्डारखाल बगैचा आदि निर्माण गरेर दरवार क्षेत्रमा सुनौला मूर्तिहरु पञ्चमूखी हनुमान मन्दिर, कृष्ण मन्दिर विष्णु विश्वरुप आदी निर्माण गराएका थिए ।
दरवारको अगाडि हनुमानको दुई मूर्ति स्थापना गराएका थिए । जसले गर्दा भूत–पे्रतबाट रक्षा हुने विभिन्न महामारीबाट बच्न सकिन्छ भनी भनेका थिए । दरवारको ढोकामा हनुमान निर्माण गराएर हनुमान ढोका भन्ने नामाकरण गराए । राजा प्रताप मल्लका छोरा चक्र पतेन्द्र मल्ल नामका थिए । उनको असामयिकरुपमा देहान्त भएकोले रानीले शोकमा सान्वना दिन रानीको नामबाट पोखरी खनी नेपाल–भारतका तीर्थस्थलहरुको पानी ल्याएर हाल्न लगाए त्यो पोखरीलाई हालको अवस्थामा रानी पोखरी नामाकरण गरिएको छ । तीर्थस्थलहरुमा गोसाइकुण्ड, मूक्तिक्षेत्र, बराह क्षेत्र, देवघाट, त्रिशुली, त्रिवेणी, बाराणसी, गंगा, यमुना, कोशी, कर्णाली आदिबाट जल ल्याउन लगाएर रानी पोखरीमा हाल्न लगाएका थिए । पोखरीको बीच भागमा पर्ने गरी शिव मन्दिर निर्माण गराए र दक्षिणतर्फ ठुलो शिलामा हात्तीको मुर्ति निर्माण गराइ त्यसमा बसेको राजा र छोराको प्रतिमा स्थापना गराए । बुढानिल कण्ठको जल ल्याएर पोखरीमा राखेकोले सो कुरा सपनामा पनि देखेको ज्ञानेश्वरबाट ल्याएर बुढानीलकण्ठको मूर्ति हुँदा ‘अब राजाहरुले मेरो दर्शन गरे भने मूत्यू नै हुनेछ’ भन्ने श्राप दिएकोले प्रताप मल्लले बुढानीलकण्ठको प्रतिमूर्तिहरु बालाजुमा राख्न लगाए । उनैले कालभैरवको शिलाको मूर्ति रानीवनबाट आफ्नो दरवार अगाडि राखे, गुहेश्वरीको मन्दिर निर्माण गराए ।
पशुपतिमा त कोटि लिङ्ग, स्वयम्भुमा, प्रतापपुर, अनन्तपुर साँखुमा बज्रयोगिनी मन्दिर निर्माण गराएका थिए, साथै उग्रतारा, बज्र नुवाकोटको भैरवलाई मुकुट बनाएर चढाए । तलेजु भवानीको अगाडि शिलाको स्तम्भ सुनौला धातुको सिंह राखे । पाटनका राजा श्रीनिवास मल्लको सहयोग लिएर भक्तपुरमा आक्रमण गरि लुटेर ल्याएको सामानले कान्तिपुर राज्य सजाए । नगदी–सुन,–चाँदी आदिलाई ढुकुटीमा राख्न लगाए, विष्णुमती नदीमा स्वयम्भु जाने बाटोमा पुल निर्माण गराए । बुढानीलकण्ठमा सिंचाइको लागि कुलो समेत निर्माण गरेका थिए । उनको शासनकालमा ठुलो खडेरी गएर वर्षा भएन र स्वयम्भु शान्तिपुर प्रवेश गरी नागका रगतले लेखेको कपडा र पुस्तक बाहिर ल्याए पश्चात ठूलो वर्षा भएको भनिन्छ । प्रताप मल्लका धेरै रानीहरु थिए । उनका सन्तती छोरा–छोरीहरु पनि प्रसस्तै थिए । तर, पनि उनले एक रजस्वला नभएकी बालिकासंग जबरजस्ती अनुचित सम्बन्ध राख्दा रगताम्य भएर बालिकाको मृत्यु भयो । यही पापको प्रयश्चित गर्न पशुपतिमा तीन महिना बसेका थिए । वि.सं. १७३१ बैशाख ९ गते रातिमा हरिसिद्धिको नाचगान हेरि रहँदा ५१ वर्षमा उनको देहान्त भएको थियो । उनको मृत्युमा ९ वटी रानीहरु सती गएका थिए । हुन त उनका तीन सय रानीहरु भएको इतिहासकारले लेखेका छन् ।
उनले कान्छा छोरा महिपतेन्द्र मल्ललाई आफ्नो उत्तरा धिकारी तोकेका थिए । तर, जेठा नृपेन्द्र पार्थिवेन्द्र हुनाले प्रताप मल्लको मृत्यूपछि विवाद भयो । त्यसै समयमा पाटनका राजा श्रीनिवास मल्ल आएर जेठालाई नै राजा बनाउने हाम्रो परम्परा छ । जेठाले नै राजा हुनुपर्छ र देवीदास र चिकुटीलाई प्रधानमन्त्री बनाउने भनी आदेश दिएपछि त्यसै भयो । तर, पार्थिबेन्द्र मल्ललाई विष खुवाएर लक्ष्मीनारायण जोशीको समूहले मारेको दोष देकीदोस चिकुटीलाई लगाएर मारिदिए । तब लक्ष्मीनारायण शक्तिशाली चौतारा भएका थिए ।
पार्थिवेन्द्रको मृत्युपश्चात उनका छोरा भूपालेन्द्र मल्ल राजा भएका थिए । उमेर आठ वर्ष मात्रका थिए । रानी ऋद्धिलक्ष्मी र लक्ष्मी नारा– यण जोशीको रायसल्लाह अनुसार शासन चलेको थियो । त्यहि समयमा ऋद्धीलक्ष्मी र लक्ष्मीनारा– यणबिच हिमचिम मात्र हैन, प्रेम सम्बन्ध हुँदै गएको देखेर तत्कालीन दरवार नजिक भएका खसहरुले लक्ष्मी नारायणलाई मारिदिए । यो कुरा सुनेर भूपालेन्द्र मल्ल किशोर भएर युवक हुँदा आमा ऋद्धिलक्ष्मीसंग कचमच मात्र गरेनन् आमालाई कैदमै राखे । तब भूपालेन्द्र मल्लको एकलौटी शासन गरेका थिए । ई.सं. १७०० मा भुपातेन्द्र मल्लको मृत्यु भयो । त्यसपछि जयप्रकाश मल्ल राजा भए । भास्कर मल्ल जगज्जय मल्लपछि जयप्रकाश मल्ल राजा भएका थिए । जगज्जय मल्लको मृत्युपछि उनका छोरा जयप्रकाश मल्ल ई.सं. १७३५ मा कान्तिपुरका राजा भए ।
जयप्रकाश मल्ल÷कान्तिपुर ः
उनको समयमा गोरखाका राजा नरभूपाल शाहले वि.सं. १७९६ मा कान्तिपुर राज्य अन्तर्गतको प्रदेश नुवाकोटमा आक्रमण गरे । राजा जयप्रकाश मल्लको दल–बलसहित गएर गोर्खालीलाई हटाई दिए, जय प्रकाश मल्लले त्यो समयमा बाह्य आक्रमणको साथै आन्तरिक किचलो र विद्रोह कठिनसाथ सतर्क नै रहनु पर्दथ्यो । उनका भाइ राज्य प्रकाश मल्लसमेत भएर विद्रोह गरे । र दाजुसंग मुकाविलान नगरी पाटन गएर शरण लिएर बसे ।
त्यहि समयमा गोरखाका राजा पृथ्वी नारायण शाहले भक्तपुरका राजासंग सम्वन्ध बढाउन पुगे । गोर्खालीले नुवाकोटमाथि वि.सं. १७९९ मा आक्रमण गरे तर, कान्तिपुरबासीले किफल पारि दिए । पृथ्वी नारायण शाहले वि.सं. १८०१ आश्विन १५ गते पुनः नवाकोटमाथि आक्रमण गर्दा विजयी भएका थिए । नुवाकोटको सुरक्षा जिम्मा जयन्त रानालाई थियो । उनी कान्तिपुरतर्फ गएका थिए । सुरक्षाको जिम्मा आफ्नै छोरा शंखमणि रानालाई जिम्मा दिएका थिए । गोर्खाली राजा पृथ्वीनारायण शाहका भाइ दलमर्दन शाहको तरवारबाट शंखमानी राना मारिए । आफ्नो छोरालाई मारे भन्ने खवर प्राप्त भएपश्चात बेलकोट गढीको सुरक्षाका लागि हस्याङफस्याङ गर्दै पुगे । बेलकोट मै गोर्खालीमाथि आक्रमण गरेर जयञ्च रानालाई समातेका थिए । कब्जामा रहेका उनलाई अमानवीय व्यवहारबाट मारियो । राजा पृथ्विनारायण शाहले जयन्त रानालाई बोलाए तर उनी गएन्न । गोर्खाली फौजको सुरक्षा प्रमुख नै थिए । नुवाकोट युद्धमै गोरखाली फौजतर्फ छोडेर कान्तिपुर राजा जयप्रकाश मल्लतर्फ उनी लागेका थिए ।
राजा जयप्रकाश मल्लले नुवाकोटबाट गोखौली फौज हटाउन काशीराम थापाको अगुवाइमा कान्तिपुरे फौज पठाउन गोर्खालीहरुले लखेटे । युद्ध भुमिबाट काशीराम थापा भागेर आफ्नो घरमा गए, राजा जयप्रकाश मल्लले काशीराम थापालाई बोलाउन पटक–पटक मानिस पठाए । तर, उनी आएनन् । रक्षाबन्धन–ऋषि तर्वणीका दिन पशुपतिको गौरीघाटमा पुगेर श्रावणी कर्म गरि रहँदा जय प्रकाश मल्लद्धारा उनी मारिएका थिए । जयप्रकाश मल्लका भारदारीहरुले विरोध गरेर रानी दयावतीलाई ई.सं. १७४६ मा मिलाई छोरा ज्योतीप्रकाश मल्ललाई राजा बनाएर जयप्रकाश मल्ललाई राज्यबाट हटाए । करिव चारवर्षपछि पुनः राजगद्दी प्राप्त गरे । गोर्खाली फौजले नालदूम, दोलखा महादेव पोखरी आदि विजय गरे, तप्पश्चात पहिलो पटक ई.सं. १७५७ मा कीर्तिपुरलाई गोर्खाली फौजले आक्रमण गरेका थिए । यस युद्धमा सेनापति कालु पाण्डेसहित धेरै गोर्खाली फौज मारिएकोले पराजित भए । गोर्खालीहरुले आर्थिक नाकाबन्दी गरेकोले पृथ्वीनारायण शाहसंग व्यापारिक सन्धि गरे ।
अब तिब्वतसंग व्यापार कान्तिपुर र गोर्खालीले संयुक्तरुपमा गर्ने सन्धिमा उल्लेख थियो । तिब्वतसँग व्यापार गर्दा हुने नाफा संयुक्तरुपमा बाढेर लिने निर्णय थियो । यो सन्धिपश्चात काभ्रेपलाञ्चोक र शिवपुरी गोर्खालीको अधिकारमा भयो । इ.सं. १७६० मा प्रधानहरुले जयप्रकाश मल्ललाई पाटनको पनि राजा बनाए । तर, भारदार बिच बेमेल भएका कारण जयप्रकाश मल्ललाई पाटनबाट हटाएर रणजित मल्ल भक्तपुरे राजालाई पाटनको पनि राजा बनाइयो । रणजित मल्ललाई पुनः लखेटे र जयप्रकाश मल्ललाई नै पाटनको राजा बनाए । पाटनका ६ प्रधानहरुलाई पाटनबाट कान्तिपुर बोलाए । कसैलाई गाली–बेइज्जती गर्ने कसैलाई मारिदिने गरे । तब त् पाटनसंग जय प्रकाशको सम्बन्ध धेरै बिग्रियो । त्यसै समयमा गोर्खालीहरुले ई.सं. १७६२ वि.सं. १८१९ भाद्र ९ गते मकवानपुर आफ्नो अघिकारमा लिए ।
ई.सं. १७६४ मा गोर्खाली फौजले कीर्तिपुर माथि दोस्रो पटक आक्रमण गर्न भ¥याङ चढ्दै गर्दा शुरप्रताप शाहको आँखामा वाण लाग्यो र मुर्छापरे, तब गोर्खाली फौज पराजित भएर फर्किए । गोर्खालीहरुले कडारुपमा आर्थिक नाकाबन्दी लगाएर तेस्रो पटक ई.सं. १७६५ वि.सं. १८२२ चैत्र ३ गते कीर्तिपुरमा विजय प्राप्त गरे । कान्तिपुरे राजा जयप्रकाश मल्ल गोर्खाली फौजसंग युद्ध गर्न नसकेकोले अंग्रेज फौज इष्ट इण्डिया कम्पनीसंग सहयोग मागेर गर्न भनि पठाए । जयप्रकाश मल्लले उमदार फकी र रामदासलाई १७६६ मार्चमा बेतीया पठाएका थिए ।
इष्ट इण्डियासंग सहयोग माग गर्न मानिस पठाए । इ.सं. १७६७ मा अंग्रेज फौजको नेतृत्व गर्दै किनलक २४०० फौजलाई कान्तिपुरको सहयोग पठाए । सिन्धुली गढी नजिक पौवा गढीमा आई पुग्दा युद्धभयो र गोर्खाली फौजसंग पराजित भएका थिए । गोर्खालीहरुको आर्थिक नाकाबन्दीले गर्दा कान्तिपुरलाई आर्थिकरुपमा कठिन हुँदा आवश्यक उपभोग गर्न सामानहरु पनि नभएर समस्या भएको थियो । २७ फेब्रअरी १८१६ मा जनरल अक्टर लोनीको नेतृत्वको फौज मकवानपुर गढी ताकेर चुरियातर्फबाट आक्रमण ग¥यो । नेपाली शमशेर रानाको फौज अंग्रेज फौजसंग युद्ध ग¥यो । गोर्खालीले वि.सं. १८२५ असोज १३ गते इन्द्रजात्रा मनाई रहेको समयमा कान्तिपुर चारै चर्फबाट आक्रमण गरी भिमसेन स्थान तर्फ, टुडिखेलतर्फ, नरदेवीतर्फबाट आक्रमण गरि कान्तिपुर विजय गरे ।
ःसमाप्तः