18.6 C
Makwānpur
Homeबिचारएउटा आख्यान साहित्यिक विधामा

एउटा आख्यान साहित्यिक विधामा

चेतप्रसाद पौडेल

स्वयम्भू मनुका ३ छोरीहरु थिए । जेठीको सुनाम आकुहूती, माहिली सुनाम देवहूती र कान्छीको सुनाम प्रशुहूती थियो । छोरीहरु क्रमशः बढ्दै गए शूक्ल पक्षको पूणर्चन्द्र झैं । जवान छोरीहरुको अत्यन्त मिल्दो जीवन साथीको प्रबन्ध गरेर सुखद् जीवन बिताउने बन्दोवस्तमा लाग्नु जनक-जननी (वा र आमा) को प्रथम कर्तव्य, दायित्वभित्र नै पर्ने भएकाले त्यो बारेमा उचित कदम चाल्नु पनि स्वभाविक थियो ।

प्रकाण्ड विद्धान ज्वाँइहरु (वर) को खोज तलाशका खातिर परिचालन भइनै रह्यो । देश र विदेशमा चर्चा र परिचर्चा भइनै रह्यो । उत्कृष्ट एवम् विशिष्ट कामका निमित्त नारद ऋषि र नारायणसमेत खटिनुु चाखको विषय थियो । सुपुत्रीहरुको विवाह हुंदै गयो ।

तीनोटी छोरीमध्येमा माहिली सुपुत्री देवहूति बारेको संक्षिप्तरुपमा मेरा जन्मदाता पिताजी लालप्रसाद पौडेलले माताजी जसोदा देवी पौडेललाई सुनाइएको विवरणमा छेउका साक्षी किनाराका सदर भनेझैं हामी सुपुत्र/सुपुत्री (सन्तति) श्रोताकारुपमा रह्यौ सारसंक्षिप्तमा लिपिमा उतार्ने प्रयास गर्दछु ।

नेपालको राजधानी काठमाण्डौसहित १३ जिल्लाको राजधानी बागमती प्रदेश । बागमती प्रदेशको सदरमुकाम हेटौडा मकवानपुर जिल्लामा पर्दछ । त्यस्तै बागमती प्रदेशभित्रका जिल्लाहरु क्रमशः (१) रसुवा (२) नुवाकोट (३) काठमाण्डौ (४) भक्तपुर (५) ललितपुर (६) काभ्रेपलाञ्चोक (७) सिन्धुपाल्चोक (८) दोलखा (९) रामेछाप (१०) सिन्धुली (११) मकवानपुर (१२) चितवन (१३) धादिङ हुन् । उक्त १३ जिल्लाहरुमा ३ लालको (क) पुष्पलाल (ख) गंगालाल (ग) कृष्णलाल) जिल्लाकारुपमा रामेछाप जिल्ला पर्दछ ।

रामेछाप जिल्लाभित्रका २ वटा नगरपालिका (१) रामेछाप नगरपालिका (२) मन्थली नगरपालिका (६) वटा गाउँपालिकामा (क) सुनापति, (ख) लिखुतामाकोशी, (ग) दोरम्वा, (घ) खाँडादेवी, (ङ) उमाकुण्ड र (च) गोकुलगंगा गाउँपालिका पर्दछन् । ८ वटा पालिकामध्येमा लिखु तामाकोशी गाउँपालिकाभित्र पर्ने विभिन्न वडाहरुमा २ नम्वर वडाभित्रको प्रशिद्ध स्थान हो सैपु । सैपु भित्रको प्रशिद्ध टोलको नाम हो ओख्रेनी ।

ओख्रेनीका नक्षत्रकारुपमा लालप्रसाद पौडेलको जन्म भएको हो । उहाँका ४ भाइ छोरा र छोरीहरु २ वटी छोरीहरु थिए उनीहरुलाई रोहवरमा
राखेर देवहूतिको विवाह बारेमा मिठासपूणर्ढंगले रस भरेर श्रृंगारिकरुपमा श्रवण गराउनु भयो । त्यसलाई स्मृतिका पानामा यसरी शब्द शब्दले खोपेर (कँुदेर) स्मारक बनाई राख्न सकेमा पछिल्लो पुस्तामा पुस्तान्तर नासोका रुपमा रहन्छ रहनु पर्दछ ।

नादरऋषि वर वधुको प्रबन्धका निमित्त बाराणसी पुग्नुभयो । विद्याले शोभित प्रकाण्ड विद्धान कर्दम प्रजापति समक्ष शिष्टाचार भेट गर्नुभयो । कुशल मंगल आदान प्रदान गर्नुभयो । कर्दम प्रजापतिले हृदय खोलेर अतिथि (पाहुना) को स्वागत गर्नुभयो । हार्दिकतापूर्वक स्वागत सत्कार लिने/दिने कार्यपश्चात आफू आएको कारण विस्तृतरुपमा पोका फुकाउने तरखरमा नारद ऋषि लाग्नुभयो ।

प्रकाण्ड विद्धान कर्दम प्रजापतिलाई पहिलो शब्दमै भन्नुभयो, ॅप्रजापतिज्यू तपाई विवाह गर्नुस्, विबाह गरेर जीवन सुखदमय बनाउनुस् यी शब्दको उत्तरमा झस्कदै प्रजापति भन्नुहुन्छ । ‘म विवाह नगरौ’, विबाह गर्दिन, विवाह किन गर्दिन त्यसको कारण छ । तब नारद ऋषिले कारण सोधेपछि प्रजापति भन्नुहुन्छ ॅमानव जीवन यस्तो फोहोरी छ, यो जीवन फोहोरै फोहोरको थुप्रो छ । फोहोर भनेको खकार छ ।

र्‍याल छ, सिंगान छ, रगत छ, हाड छ, छाला छ, विष्टा छ, मलमुत्र छ, यस्तो यो प्रस्तावलाई स्वीकार्छु । भनेर भन्दा नारद ऋषिले भन्नुभयो । स्वयम्भू मनुकी माहिली सुपुत्री विदुषी विद्धान मेधावी हुनुहुन्छ । तपाई त्रैलोक्यपति विद्याका सागर । स्वर्ग-मत्र्य र पाताल तीनै लोकमा पुजित प्रकाण्ड विद्धान । तपाई २ जना बीचमा बैवाहिक सम्बन्ध कायम भएमा पूणर्िमाको चन्द्रमा हाँसेकोसरह हुनेछ । यो विश्व ब्रम्हाण्ड प्रफुल्ल हुनेछ, प्रकृति खुसी र हर्षमा डुबुल्की लाउनेछिन ।

विद्याको गरिमा बढेर जानेछ । साथै त्यो भन्दा पनि महत्वपूणर् कुरा पदम् आदरणीय विद्धत शिरोमणिज्यू यहाँले ओकल्नु भएका सार गर्भित कुरालाई छुने घृष्टता गर्दछु । विकास श्रीवृद्धि फोहोरबाट नै शुभारम्भ हुने कुरामा अवश्य पनि हजुर विश्वस्त हुनुहुन्छ । फोहोरबाटै कमल फुल्दछ । विशाल वृक्ष र अन्न फसल फोहोर मलको सिर्जनाबाट नै हुनेछ ।

यो सारा श्रृष्टि पनि फोहोरबाट नै हुने भएकाले नै यी यस्ता सम्वाद, बहस छलफल भईपश्चात बधु झिकाई दुईजना बीचमा सम्वाद भयो । स्वयम्भू मनुले आफ्नी माहिली सुपुत्री प्रजापति विद्धान पण्डितलाई सप्रेम अर्पण गर्दछु स्वीकार्न हार्दिकतापूर्वक सादर आग्रह गर्दछु ।

कन्याका पक्षबाट असाध्यै मार्मिकढंगले प्रस्तुत भएपछि वरका पक्षमा प्रजापतिले आफूलाई लागेका र भोगाई इत्यादि बारेमा सारमा यसरी प्रस्तुत हुनुभयो । देवहूतिलाई सोध्नुभयो ॅतिमी मसंग विवाह गर्छर्यौ त ? डरले थरथर भएर भन्नुभयो । मेरा जन्मदाता आदरणीय पिताजीले दिनु भएमा म गर्दछु । हजुरजस्तो त्रैलोक्यपति प्रकाण्ड विद्धान जस्तो पति (जीवन साथी) पाउनु मेरो अहोभाग्य मान्दछु ।

यो मेरो सौभाग्य पनि हो । देवहूतिका कुराको बीट नमार्दै प्रजापति। स्वयम्भू मनु र नारद ऋषिलाई रोहवरमा राखेर भन्नुहुन्छ ॅठीक छ विवाह गर्दछु । तर, एउटा सर्त छ, त्यो सर्त हो एउटा सुपुत्र (छोरो) जन्मेपछि म छोडेर जंगल प्रस्थान गर्दछु । कुम समाएर म पनि जान्छु भन्न पाउदिनौंँ भन्नुभो । देवहूति-हवस् म त्यो कुरामा पूणर् सहमत छु भनेपछि विवाह भयो ।

यसरी वैवाहिक कार्यक्रम सु-सम्पन्नपश्चात रमाइला दिनको आरम्भ भयो । विमानमा शयर गर्ने मेरो तिब्र चाहना छ भनेर देवहूतिले भनेपछि कर्दम प्रजापतिले सहर्ष स्वीकार गर्नुभयो । नवदम्पति विमानमा सर्बत्र डुल्ने र आनन्दले जीवन बिताउने गर्न थाले । दिन र रात कसरी बिते की विमान उड्ेको उड्यै छ, विमानलाई तेल नचाहिने । पेट्रोल नचाहिने । त्यसमा कुनै प्रकारको इन्धन नचाहिने एउटा सतहीमा चल्ने विमान ।

क्रमशः देवहूति माताको सुदिन बिते । बित्दै गए । मानव जीवन चक्र हो । विवाहपश्चात गर्भवती हुने र सन्ततिको जन्म हुने । यी र यस्तै क्रममा पहिलो सन्तान ९ महिना पुगेर जन्मने मितिको तय भो । छोरो जन्मन्छ कि भनेकोमा पहिलो सन्तान छोरीको जन्म भयो । दुवैले खुसी र हर्षमा दैनिकी चलाए । एवम्रितले दोस्रो सन्तानको जन्म भयो । दोस्रोमा पनि छोरीको जन्म भयो ।

तेस्रो-चौथो-पाँचौं-छैटौं-सातौं-आठौं-नवौं सन्तानसम्म छोरीको जन्मभयो । दुवै नै श्रीमान्श्रीमती खुसीले रमाएरै विमानमै दैनिकी चलाए । विमानमा ९ जना छोरीहरु चल्ने, खेल्ने, रुने र हाँस्ने प्रक्रिया चलिनै रह्यो । प्रजापति एक्लै त्यो विमानमा टोलाएर बसेर-गालामा हात राखेर आकुलव्याकुल भएर गम्भीर सोचाइ गर्न लाग्नुभयो ।

के दिनमा के कुरा बोलेछु, एउटा सन्तान भएपछि तिमीलाई छोडेर म वनमा तपस्याका खातिर हिंड्नेछुु । यो खालको सर्तरुपी वचन दिएको भए पनि यो बन्धन यो लावालस्करको झञ्झटबाट म मुक्त हुने थिएँ । ९ वटी छोरी हरुको जन्मभयो । छोरो जन्मने/नजन्मने ठेगान छैन । आशा र बन्धन दुःखको सागर रहेछ, तर्क बितर्क गरेर ९ छोरी ९ दुर्गा नामले विश्वमा विख्यात हुनुभयो । १० औ सन्तानका रुपमा विख्यात सुपुत्र कपिल मुनिको उदय भयो ।

प्रजापति मनमा आशा र संग्रह त्यागेर तपस्या गर्न बनमा प्रस्थान गर्नुभयो । सबैको विवाहपश्चात ममतामयी जननी देवहूति छोडेर कपिल मुनि पनि वनमा तपस्या गर्नलाई प्रस्थान गर्नुभयो । यी आख्यान मेरा पिताजीले ममतामयी आमालाई सुनाउनु भएको र हामी उहाँका सन्तान किनाराका रोहवरका साक्षी थियौं । आनन्द मानेर सुनेर रह्यौं ।
अस्तु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार