12.7 C
Makwānpur
Homeबिचारपरिवार नियोजनसम्बन्धि ईश्वरीय योजना

परिवार नियोजनसम्बन्धि ईश्वरीय योजना

केशव प्रसाद खरेल

विश्वमा देखिएका विभिन्न समस्याहरुमध्ये पारिवारिक जनसंख्याको बृद्विसम्बन्धि विशेष समस्या देखा परेको छ । विश्वले समस्याको बारेमा सोच्न पर्ने अवस्था विद्यमान छ । अहिले अनाजको समस्या, कपडाको समस्या, घर, उचित शिक्षाको समस्या आई परेको छ । आफ्नो ठाउँमा उचित साधनको अभावले अरूको देशको सहयोगमा निर्भर रहनु पर्ने भएको छ । जुन देशबाट हामीले साधन ऋणको रूपमा लिने गरेका छौ ।

त्यसको ऋण तिर्न हामीलाई निकै कठिन हुन गएको छ । यस्ता समस्या हल गर्नका लागि हामीले विभिन्न उपायहरू अपनाउनु पर्दछ । तर, समस्या हल गर्न बाटो पाउन सकेका छैनौ । त्यसकारण विश्वका हरेक राष्ट्रहरूले जनसंख्या नियन्त्रणका लागि परिवार नियन्त्रणको कार्यक्रम लागु गर्दै जान थालेका छन् । प्रत्येक राष्ट्रले परिवारिक जनसंख्या नियन्त्रणका लागि निकै ठूलो धनराशी खर्च गर्न लागेका छन् । तर, यसबाट पनि सकारात्मक नतिजा प्राप्त देखिदैन । जतिसुकै रकम खर्च गरेर पनि परिवार नियोजनलाई सकारात्मक सोचका साथ अघि बढाउन सकिएको देखिदैन ।

जनसंख्या नियन्त्रण ः
जनसंख्या नियन्त्रणका लागि विभिन्न उपायहरू नअपनाइएका भने होइनन् । प्रचारप्रसार पनि धेरै भएको छ । ठाउँ-ठाउँमा परिवारिक जनसंख्या नियन्त्रणका लागि कार्यालयहरू पनि स्थापना भएका छन् । साइन बोर्ड पनि राखिएका छन् । गर्भपतनको लागि सरकारले निश्चित अवधिका लागि खुला पनि गरिदिएको छ । कृत्रिम साधनका कारणले समाजमा अनैतिकता, चारित्रिक पतनको बृद्वि हुन जाने देखिन्छ । यस कार्यबाट मानिसहरु विकारमा फस्नु पर्दैन । के यसबाट मनुष्य भोगी हुन जादैन ? दिन प्रतिदिन अनैतिक काम बढ्दै छन् ।

सरकारले परिवार नियोजनका लागि कृत्रिम साधन सरलरूपले प्राप्त हुने गर्नु पर्दछ, जसबाट जनसंख्या नियन्त्रण हुन जान्छ । के यो भनाई समस्याको सहि हल हो । यो त दुष्टहरूलाई अनैतिक कार्यप्रति आकर्षित गर्न खोज्नु मात्र हो । हरेक घरमा पापाचारको मात्रा बढेर जान सक्दछ । जसले गर्दा राष्ट्र बैतरणी बन्न सक्दछ । सरकारलाई यसको बोध हुन सकेको छैन्, रण्डी कोठी खोल्न दिनाले झन् सदाचार नष्ट भई देशमा ठूलो समस्या आउन सक्दछ ।

हामीले आत्म नियन्त्रण वा ब्रम्हचार्य जीवन बिताउने गर्नु पर्दछ, आत्म संयम हुनु पर्दछ । ब्रम्हचार्य जीवनको माध्यम्बाट नै जनसंख्या बृद्वि सरलरूपले रोक्न सकिन्छ । ब्रम्हचार्यबाट मानिसमा शारीरिक, आत्मिक शतिm बढेर जान्छ । बुद्वि पनि बढ्दछ । सत्य, असत्य, सहि, गलत छुट्याउन सक्ने क्षमताको विकास भएर जान्छ । श्रेष्ठ जीवन बिताउनका लागि ब्रम्हचार्य एक आवश्यक तत्व हो । ब्रम्हचार्यबाट अनैतिक कार्य, मद्यपान गर्ने बानी, तमाखु खाने बानी, अस्लिल चलचित्र हेर्ने बानी क्रमिकरूपले हटेर जान्छ । जथाभावी खर्च गर्ने बानी पनि हटेर जान्छ । जसका कारणले आर्थिकस्थिति हटेर जानेछ ।

ब्रम्हचार्य जीवन कति आवश्यक ः
वर्तमान समय कलियुगी समय वा रावण राज्य पनि हो । केहि समयपछि कलियुगको अन्त्य हुन जान्छ । कलियुगको अन्तिममा पाप, अत्याचार, भ्रष्टाचार अति बढेर जान्छ । विश्वमा लुटपाट, नारीलाई लजमा लगेर अनैतिक कार्य हुनेछ । नेपालमा पनि कोरोना भाइरसको समयमा बलात्कारको घटनामा बृद्वि भएको थियो । नेपालीले बलात्कारका घटना सुन्न नसकेर केहि समय
रेडियो नेपाल, एफ.एम. नै सुन्न बन्द गरी दिएका थिए । त्यस्ता कुकृत्यहरू यो पवित्र कानले सुन्न, आँखाले हेर्न नपरोस् जस्तो लाग्दछ ।

नारीहरू पनि उत्तेजनामूलक छोटा वस्त्रहरू लगाउने गर्दछन् । त्यही उमेरका पुरूषहरूले घुंडाभन्दा तलसम्म आउने कपडा लगाउंदछन् । प्राकृतिक नियम अनुसार प्रकृतिले पुरूषलाई फसाउन खोज्दछ । फसाई सकेपछि प्रकृतिले पुरूषलाई छोडि दिन्छ । त्यसपछि पुरूष प्रकृतिकोपछि लाग्दछ । पुरूष अन्धो हुन्छ, प्रकृति लंगडो हुन्छ, अन्धोले लंगडालाई बोक्दछ । त्यसकारण कामवासनाप्रति मानिसहरू बढी लालायित हुन थालेका छन् । जसले गर्दा देशमा अराजकता बढ्न गएको छ । यो कलंकित कलियुगको अन्त्य केहि समयपछि हुनेछ । एटन बम, हाइड्रोजन बम, तथा मिसाइलहरु बनाउने काम भैसकेको छ ।

यिनैबाट अहंकारको माध्यम्बाट विश्व ध्वस्त हुन जाने देखिन्छ । सन् १९६२ को नोवेल शान्ति पुरस्कार विजेता सर लिनसकाअनुसार अणु बमको परिक्षणबाट धेरै ठूलो खतरनाक स्थिति आउन सक्ने देखिन्छ । हालसम्म ६०० मेट्रिक टन बमको परिक्षण भैसकेको छ जुन जन्मिने बालबालिकाको लागि निकै खतरनाक हुन्छ । यस्ता परिक्षणले करिव २ करोड जति नवजात शिशुका लागि नोक्सान पर्न जानेछ । जन्मेमा पनि कुनै न कुनै रोगबाट ग्रसित हुनेछ ।

२० मेट्रिक टन बमको परिक्षण भैसकेको छ । प्रयोगबाट नै यति नोक्सान हुन जान्छ भने प्रयोग नै हुने हो भने झन् ठूलो नोक्सान हुने पक्का छ । दिन प्रतिदिन बम बढी तयार हु“दैछन् । ठूला राष्ट्रहरूबीच बम बनाउन होडवाजी नै चलिरहेको छ । कहि त यति ठूलो मात्रामा बम तयार भैसकेको छ कि कसैलाई पनि थाहा नहुन पनि सक्दछ । यि सबै आधारहरुबाट ब्रम्हचार्य जीवनको आवश्यकता बढ्दै गएको छ ।

मनुष्यहरू अन्तिम अवस्थामा पुगिसकेका छन् । एटम बमको होड्बाजी, दलगत गुटबन्दी, एक अर्कामा विरोध, अन्न संकट, धन संकट जसबाट प्रतित हुन्छ कि अब केही समयपछि विनास आउनेवाला छ । परम्पिता परमात्मा शिवले प्रजापिता ब्रम्हाद्वारा वर्तमान समय आपत्कालीन समय हो । अब कलियुगको अन्त्य केहि समयपछि हुनेछ । मैले भनेको मान्छौ भने पवित्र वन, ब्रम्हचार्यको पालन गर, काम ठूलो शत्रु हो ।

हामीले कामलाई आफ्नो अधिनमा राख्न सक्नु पर्दछ । कलियुगको अन्त्यपछि सत्युगका देवता, महालक्ष्मी, श्री नारा-यणको पवित्र राज्यको स्थापना हुन जानेछ । विश्वमा भएका वेश्यालयलाई शिवालयमा परिवर्तन गर्नु पर्दछ । जसबाट सबै किसिमका विकारहरू छुटेर जाने गर्दछ । यदि तिमी पवित्र बनेर अगाडि बढ्दछौ भने पछि गएर दैवी राज्य पाउन सक्दछौ ।

वर्तमान समयमा विश्व २ गुटमा विभाजित भएको देखिन्छ । इजरायल, हमास, लेवनानको बिच युद्व जारी छ । त्यस्तैगरी यूक्रेन र रसिया बिचमा २ वर्षदेखि युद्व चलिरहेको छ । त्यस युद्वमा कति मानिसको निधन भयो होला ? एक हप्ता अगाडिदेखि यूक्रेन र रसियाको बिचमा लामो
दुरीका हतियारको प्रयोग हुन थालिसकेको छ । यसबाट विश्वको वातावरण बिग्रिनुका साथै मानवको क्षति हुन जाने पक्का भएको देखिन्छ । त्यसकारण अहम्को भावना त्याग्नु पर्ने भएको छ ।
ः समाप्त ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार