12.7 C
Makwānpur
Homeबिचारउप निर्वाचनले दिएको सन्देश

उप निर्वाचनले दिएको सन्देश

राजुराम राउत

नेपालमा युवाहरुको विचार र सक्रियता संधैं एक महत्वपूणर् विषय रहेको पाईन्छ । युवा शक्ति राष्ट्र निर्माण र भविष्यको एउटा आधारस्तम्भ हो । उनीहरुको सोच, दृष्टिकोण र राजनीतिक चासोले कुनै पनि पार्टीको सफलता वा असफलताको मानकका रूपमा काम गर्छ ।

२०८१ सालको उप-निर्वाचनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका अन्य पार्टीहरुको उपस्थिति र युवाहरुको सोचको बारेमा थप स्पष्टता प्रदान गरेको छ । यिनै युवाहरुको जुझारुपनलाई प्रयोग गर्दै यस पटकको उपनिर्वाचनमा दलहरुले निर्वाधरुपमा भाग लिए ।

निर्वाचन आयोगले मंसिर १६ गते तीनवटा स्थानीय तहका प्रमुखसहित स्थानीय तहका ४१ पदमा उपनिर्वाचन
गरायो । आयोगका अनुसार ती पदहरुका लागि ३ सय ७६ जनाले उम्मेदवारी दिए । कुल २० वटा दलका उम्मेदवार बाहेकको उपनिर्वाचनमा १०२ स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा थिए भने १८ वर्ष उमेर पूरा गरि मतदाता नामावलिमा नाम भएका एक करोड ८१ लाख २८ हजार मतदातामध्ये मतदानका लागि दुई लाख २६ हजार जना मतदानका लागि योग्य रहेको आयोगले जनाएको थियो ।

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । यो आँकडा गत आमनिर्वाचनमा भन्दा करिब करिब १५% सम्मको कमि हो । तै पनि, मत परिणाम—अनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जित हासिल गर्‍यो भने एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँचवटा वडामा विजयी भएको छ ।

माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपप्रमुखसहित सात वटा वडामा जित हासिल गरेको छ । उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक/एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवार पनि वडा अध्यक्षमा निर्वाचित भए ।

यसबाट के स्पष्ट देखिन्छ भने पुराना र नयाँ दुवै दलहरुले आफुलाई सुधार्नु पर्ने देखिन्छ । करिव -करिव मृतप्राय रहेको मनस्थितिबाट यो नतिजाले पुराना दलहरुलाई सञ्जिवनिको काम गरेता पनि नसच्चिने र नसुध्रने हो भने आगामी दिनमा अप्रिय अवस्थाबाट गुज्रनुपर्ने देखाएको छ भने, ॅनो नट अगेनँ को नाराबाट उदाएको रास्वपाले र पुनः नवराजाबादी पार्टी राप्रपाले अधिकांश क्षेत्रमा धरौटी जफत गराउंदै दोहारो नम्बर नघाउन नसकेको दृष्टान्त
आयो ।

केही शिर्ष नेताहरुको अकर्मण्यता, भ्रष्टा-चारिता र पदलोलुप्तालाई गणतन्त्रको असफलता संग दाँजेर चुनावी मुद्दा बनाउंदा यी नयां दल र स्वतन्त्र युवा उमेदवारहरुलाई असफल बनाएको देखिन्छ ।

यस पटकको चुनावले भने आषातित रुपमा नेकपा माओवादी केन्द्रलाई भने केही हौस्याएको देखिन्छ । यति हुँदाहुँदै पनि युवाहरुको आवागमन करिब शुन्य कै अवस्थामा रह्यो । निर्वाचनले स्वतन्त्ररुपमा निर्वाचनमा आएका युवालाई पनि केही नतिजा दिन सकेन ।

पछिल्लो चरणमा स्वतन्त्ररुपमा उदाएका युवा नगर प्रमुखहरुको सफलताले पनि खासै केही मलजल गर्न सकेन । संगठितरुपमा बलिया पुराना पार्टी कै बचश्र्वनै बनाउन सफल उपनिर्वाचनले केही सन्देश दिन खोजेको छ । युवाहरु बिदेशिनु पर्ने बाध्यता र चरम बिकराल अवस्थाको बृृत्तचित्र देखाउंदा समेत मतदातालाई खासै असर पार्न सकेको देखिएन् ।

यसको पछाडि खासखास दलका कार्यकर्तालाई असभ्य तवरले गाली गलौज गर्नु, सामाजिक सञ्जाललाई गलतढंगले प्रयोग गर्दै समाजमा नकारात्मक धारणा फैलाउने चर्चा गरिनुले पनि नतिजालाई चाहे जसरी परिवर्तन गर्न नसकिएको हो ।

जितको नशामा नमात्तिकन अबको समयमा दलहरूले युवाका समस्यालाई समाधान गर्ने, उनीहरूको अधिकार र अवसरलाई सुनिश्चित गर्नुका साथै उनीहरूको विचारलाई सुन्ने प्रयास गर्नुपर्छ । उपनिर्वाचनले अबको समय युवाहरुको सोच र प्रतिबद्धता केवल मतदानका लागि मात्र होइन, बरु सक्रियरूपले राजनीतिक प्रक्रियामा संलग्न हुने र आफ्नो भविष्य निर्माण गर्ने सन्देश हो ।

युवाहरुको सोच र दृष्टिकोण फरकढंगबाट मिश्रित आयामले विकसित भईरहेको छ । तिनीहरूले प्रगतिशिलता, सामाजिक न्याय र समावेशिता जस्ता मुद्दाहरूमा धेरै चासो राखि रहेका छन् जसले गर्दा स्थानीय राजनीतिक गतिविधिहरू र निर्वाचन प्रक्रियाप्रति पनि ध्यान फरकढंगबाट विकसित हुंदैछ ।

उपनिर्वाचनमा प्रमुख दलहरु नेका, नेकपा एमाले, नेकपा माओवादी, नेकपा समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख भूमिका खेलेता पनि युवाहरुको उच्च सहभागितामा न्यूनसमावेशिले चुनावलाई
रौनकता दिन सकेन ।

नारामा मात्र सीमित कांग्रेसले युवावर्गमा इतिहासको महत्व र वैकल्पिक विकासका योजना प्रस्तुत गर्नेमा ध्यान केन्द्रित गरायो तर चुनावी मैदानको फरक नतिजाले आफुलाई खुच्याउंदै अघिल्ला बिजयी सिटसमेत गुमाउन पुग्यो ।

भाषण र घोषणापत्रमा क्रान्तिकारी कदम चालेका नेकपा एमालेले आर्थिक विकास र स्थिरताको मुद्दामा युवाको चासोमा आधारित नीतिहरू प्रस्तुत गरेर युवा मतदाता समेट्न प्रयास गर्‍यो तर चुनावी मैदानमा कम युवा सहभागिताले तेश्रो स्थानमा खुम्चिन पर्‍यो ।

उपनिर्वाचनको नतिजाले हौस्याएको नेकपा माओवादीले सामाजिक न्याय र दिगो विकासको लागि युवा र समानताको मुद्दामा जोरदार चासो गराउंदै युवा सहभागिता बढाएकोले आशातित सफलता हाँसिल गर्‍यो भने नेकपा समाजवादीले समावेशिता र समानताको मुद्दामा युवाको आवाज उठाउने प्रयास गर्दागर्दै करिव-करिव युवा उमेदवारबिहीन चुनावले एक सिटमा चित्त बुझाउनु पर्‍यो ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सोच र गैरपार्टी राजनीति खोज्दै, युवाको भविष्य र समृद्धि मानेकामा काठमाडौं १६ मा मात्र बिजय हासिल गर्दा बिउ रोपियो भन्दै आलंकारिक खुसीमा थच्चियो भने तुलनात्मक रुपमा गाउँभन्दा शहरमा सीमित रह्यो ।

युवा शिर्ष नेतृत्व रहँदारहँदै पनि युवालाई अंगाल्न नसक्दा अधिकांश प्रतिष्प्रधामा नम्बरमा मन कुँड्याएको राष्ट्रिय प्रजातन्त्र पार्टीको बेहाल अवस्थाले अबको राजनीति र सत्तामा प्रत्यक्ष युवाको भुमिका मागि रहेको प्रष्ट देखायो ।

आजका युवाहरु जो दसजोर दुई अध्ययन संस्कृतिबाट हुर्किएका छन्, राजनीतिक गतिविधिप्रति बढी चासो राख्दैनन्, यद्यपि केही युवाहरु दलीय सदस्यता लिन्छन् र चुनावमा सक्रिय रहन्छन्, तर धेरैजसो युवाहरु राजनीतिक प्रक्रियाप्रति सन्तुष्ट छैनन् ।

यसले दलहरूलाई चुनौती दिन्छ कि उनीहरू युवाहरूसंग कसरी जोडिने र तिनीहरूको चासोलाई कसरी सम्बोधन
गर्ने ? अन्यथा विदेश पलायन हुने समुदायका युवाहरुले युरोप अमेरिका बसेर नेपालको राजनीतिलाई सामाजिक सञ्जालमार्फत् कन्ट्रोल गरिनै रहने छन् र आफ्ना घरपरिवार मार्फत भए पनि समाजमा बिद्रोह गरि चुनावलाई आफ्ना मुताविक चलाईनै रहनेछन् ।

आजका युवाहरूलाई राजनीति र चुनावमा संगसंगै संलग्न गराउने अन्य उपाय भनेको स्थानीयस्तरमा नेतृत्वका अवसरहरू सिर्जना गर्नु पनि हो । यसले युवालाई आफ्नो विचार राख्न र समाजमा परिवर्तन ल्याउन प्रोत्साहित गर्न मद्दत गर्नेछ ।

समग्रमा, दलहरूले युवाको चुनावी सहभागितालाई तिरस्कार नगरी, युवाहरूसँग सम्वाद र सम्बन्ध विस्तार गरेर राजनीतिमा नयाँ मोडल स्थापना गर्न सकेमा आजको यो अवस्थाबाट सुध्रिन सकिन्छ कि ? भन्ने सन्देश प्रवाह गर्न यो उपनिर्वाचन सफल रह्यो भन्न सकिएला कि ?
‘अस्तु’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार