12.7 C
Makwānpur
Homeबिचारजात-जातिमा ‘मानन्धर’

जात-जातिमा ‘मानन्धर’

राजा जयस्थिति मल्लको शासनमा पेशाको आधारमा वणर् व्यवस्थाको चांजोपांजो मिलाएका थिए । राय-सल्लाहका लागि जनकपुर मिथिला, कणर्ालीको खस मल्ल राज्यबाट र भारतबाट समेत सामाजिक सुधारका लागि विद्धानहरु झिकाएर चार वणर्-छत्तीस जातको व्यवस्था मिलाउन कीर्तिनाथ उपाध्याय, रघुनाथ झा, श्रीनाथ भट्ट, रामनाथ झालाई जिम्मेवारी प्रदान गरिएको थियो । त्यसमा ब्राम्हण क्षेत्री, वैश्य र शुद्र भनि विभाजन गर्दा नेवार जातिहरुको पनि वर्गीकरण गरिएको पाइन्छ ।

नेवार समाजमा आर्चाय, श्रेष्ठ, दैवज्ञ, र वैधहरु उच्च जातिमा वर्गिकरण गरियो । आर्चायमा तीन वैद्यमा चार र श्रेष्ठमा अनेक जातहरु बनाईए । श्रेष्ठलाई दश थरका जात र अन्य जातजातिहरुलाई जनैयोज्ञ पवित्र धारण गर्ने अनुमति प्रदान गरेका थिए । ब्राम्हणहरुलाई भने उच्च जाति भनि समाजमा राखिएको थियो । जयस्थिति मल्लले छत्तीस जात-जातिहरु व्यवसाय कै आधारमा विभाजन गरिएको थियो ।

जसमा छालाको काम गर्नेलाई साङ्गी, चर्मकार भए, लुगा धुनेलाई धोवी, जग्गा नापी गर्ने अमिन-क्षेत्रकार, फलामको काम गर्ने लौहकार, कुण्डकार, तण्डुकार, मानन्धर, गाइने, ताम्राकार, कंशाकार, सूवणर्कार तक्षक दारुकार, शिल्पकार, आदि थिए । पोडे चर्मकारलाई तल्लो जात भनियो । यिनीहरुलाई पानी नचल्ने जात पनि भनियो, जसमध्ये ज्यापु जातिहरु मात्र बत्तीस जातका थिए ।

श्रोतः प्रा.डा. श्री रामप्रसाद उपाध्याय नेपालको प्राचीन र मध्यकालिन ईतिहास पृ.४५-१४६ ।
मध्यकालको उत्तराद्र्वको लिखितमा मानन्धर भन्ने पाइन्छ । आजसम्म पाइएको पुरानो सम्भवत् वि.सं. १२९४ ने.सं. ३५७ जेष्ठ शुक्ल द्वादशीमा छ । यहाँ ‘मानधारी’ भनिएको छ, केही समयपश्चात मानन्धर वा ‘साल्मी’ भनिएको पनि छ । तोरी पेल्ने काम गर्ने काठमाण्डौ र कीर्तिपुरमा पनि पाइएको छ । काठमाण्डौको अशोक विनायक जसलाई मरु गणेश पनि भनिन्छ, यहाँको मन्दिरमा बत्ती बाल्ने (दीप प्रज्वलन गर्ने) दीपदानीमा गणेशको गुठी भएको कीर्तिपुरमा तोरी पेल्ने चारवटा कोल थियो, जुन मानन्धरहरुबाट सञ्चालन गरिएको थियो ।

वि.सं. १४३२ ने.सं. ४९६ कार्तिक पूणर्िमाका दिन गोपालराज वंशावलीमा चापाई मानन्धरहरुले बनाएको भन्ने छ । राजा अर्जुन देवको शासन कालमा ने.सं. ४८५ असोज शुक्ल नवमीको एक ताम्रपत्रमा अमरसिं मान्धुर नामकी ‘मानधरी’ मानन्धर महिला वाचक र मानधर मान्धुर, मानन्ध मानोधर हुंदै मानन्धर भनिएको थियो । पेशामा मानन्धरलाई तसिया वा तुस्या चोकन कर्मीकार, तैली पनि भनिन्थ्यो । एक मानन्धरले नैरन्मा गुह्येश्वरी खोजी गरि पत्ता लगाएका थिए । मानन्धरहरु कृषिमा पनि संलग्न थिए ।

श्रोतः धनबज्र बज्राचार्य पूर्वमध्यकालको अभिलेख पृ.१३० ।
जीतबहादुर मानन्धर, मानन्धर निबन्ध मुना । आजभन्दा ४२० वर्ष अगाडि साल्मी भनिएको साल्मीलाई सालमी-साल्मी, सायमि, साः मि र सःमि पनि भनिएको छ । जयस्थिति मल्ल राजाको शासन कालमा सुधार भएका जात-जातिहरुमा साल्मी पनि छ तत्काल तेल पेल्ने र बिक्री गर्ने भएर साल्मी भनिएको थियो । उनीहरुले घर निर्माण गर्दा पनि खट बांध्ने काम पनि दिईएको थियो । इन्द्रजात्रामा साल्मीलाई रथको खटमा डोरी बांध्ने काम पनि दिइन्थ्यो र खटमै राखी जात्रा गर्ने गरिएको पनि पाइन्छ ।

जात-भातसम्बन्धि १८५७ सालको मुद्रामा सातसय साल्मीहरुसंग जिताकरी-जिता पत्र पनि छ । साल्मी जात र भात विषय नेपालको न्यायिक कार्यमा नपाइने नुन्छेक सभाबाट मुद्राको फैसला गरिने गरिन्थ्यो । वि.सं. १८६५ मा जारी गरिएको एउटा सिक्का काठमाण्डौ र कीर्तिपुरका साल्मीहरुले उपयोग गरेको र साल्मीहरुको दैदस्तुर उधाउनी/पर्धाउनी गरियो ।

श्रोतः डा.भवेश्वर पंगेनी कीर्तिपुरका मानन्धरर तोरी पेल्ने कोल प्राचीन नेपाल ।
श्रोतः चन्द्रबिक्रम बुढाथोकी जयस्थिति मल्लको सुधारहरु साझा प्रकाशन ।
श्रोतः डा. भवेश्वर पंगेनी वि.सं. १८९९ साल्मी नाइके लिखत् ।

साल्मी नाइके सरकारबाट तोक्ने हो वा साल्मीहरुमध्येबाट हो भन्ने खुलेको पाईदैन । कनकसिं महत, कप्तान चार अदालतका नन्दराम ढुंगेल, रामदास चराल कोठीलिङ्गका विचारीहरु थिए । साल्मी नाइके लक्ष्मीनारनलाई एक पत्र लेखिएको पाइन्छ । त्योपत्रद्वारा साल्मी नाइकेलाई स्थानीय प्रशासनका केही अधिकारहरु दिईएको थियो । काठमाण्डौमा स्थानीय प्रशासनको केही जिम्मेवारी टोल नाइकेलाई सरकारमार्फत् साल्मीसंग सम्बन्धित कार्य गराइन्थ्यो ।

राजा राजेन्द्र विक्रम शाहले एकलाल मोहर गरि दिनुभएको पाइन्छ । काठमाण्डौमा साल्मी नाइकेसमेत जम्मा २ सय १४ जनाले सरकार लाई बुझाउनु पर्ने दाउरा र तेल पेल्ने सालको दाउरा बुझाउन नपर्ने माफी गरियो । राणाकाल पूर्व नै सरकारले साल्मी जातीलाई स्थानीय प्रशासनमा सहभागी गराइने गरिएको थियो । स्थानीय प्रशासनमा टोल नाइकेलाई जस्तै साल्मी नाइकेमार्फत् काम गराइन्थ्यो । सात टोलमा साल्मी नाइकेलाई प्रशासन दिएको थियो । मदु टोलमा धंत् नाइके, पोडे टोलमा किसला नाइके, तलांछे टोलमा आशा मदु नाइके, मदु टोलमै धनदत्त नाइके, ङहर्षा टोलमा चकडी नाइके, पोडेटोल कै किस्नदेव नाइके, तलांछे टोलमा जैधम नाइके भनी लाल मोहरमा नाम नै उल्लेख गरिएको पाईन्छ । मदु टोल र पोडे टोलमा नाइके दुईजना भएको पाइन्छ ।

लायकु साल टोलमा ३९ जना साल्मीहरु पाइन्छ । टोलको नाम र साल्मीहरुको नाम लाल मोहरमा उल्लेख छ । थहीटी, चस्व टोल, कफषा, लंलाढी टेवर्ड बलाछी, नवहील, फलेचासा ङह्या वटु, ट्वो दक्षंसा पोषरिड्थाङ, न्हुसा, दक्षेसा, लाए, कुसाल टोलहरु भनि लालमोहरमा उल्लेख थियो । साल्मी परिवारमा नाइके आजभन्दा १८१ वर्ष पहिलेसम्म एउटै परिवारमा ७ जना नाइके थिए । त्यही परिवारका २१४ जनाको नाम लालमोहरमा उल्लेख छ । प्रधानमन्त्रीकातर्फका नाइके थाकुमन साल्मीलाई नियुक्ति दिएको थियो । जंगबहादुरले आफ्नो तर्फबाट नियूक्ति दिएको थाकुमललाई भोट र तिब्वतबाट नेपाल आएका व्यापारीबाट कर संकलन गर्ने र सोही आम्दानी इन्द्रजात्रामा बत्ती बालेको खर्च र बाँकी रहेको आफै खर्च राख्ने अधिकारी दिईएको थियो ।

उनले नेपाल सरकारलाई परि आएका काममा रुजु रही आवश्यक परिआएको काम गर्नु पर्दथ्यो । तेल पेल्ने काम राणाकाल अगाडिदेखि नै थियो र राणाकालमा पनि चालु रह्यो । तराई हेटौडा-चितवनतर्फबाट तोरि ल्याएर पेल्ने काम काठमाण्डौ मानै हुन्थ्यो । तेल पेल्नका लागि कोल र पछि काठको मुढो-छपनी राखेर साल्मीहरुले तेल पेल्ने काम गर्दथे । तेल पेल्ने काम कीर्तिपुर खोकना, भादगाउं, बनेपा आदि क्षेत्रमा पनि हुने गरिएको थियो । तेल पेल्नेलाई साल भनिन्थ्यो । आठवटा साल काठमाण्डौमा मात्रै थियो । काटु, दक्ष, फलैचा, तलाछी, ठहिटी, प्युंताल र वटुमासमेत साल थियो । यो आठ वटा नाम चलेको प्रख्यात साल थियो ।

साल सञ्चालन गर्ने भएकोले उनीहरुलाई साल्मी भनिंदो रहेछ । ठहिटी चोकको सरकारी खेतबाट उत्पादन हुने तोरी पेल्न सरकारले दिन्थ्यो । पेलेर आएको तेललाई सरकारले भनेको ठाउँमा दिनु पर्दथ्यो । १९१० सालमा आएर सबै सेराहरु जागिरे (तलब) मा काम गर्न थालेपछि उत्पादनयोग्य उर्वराभूमि दिने गरेको थियो । त्यस्तै जमिनलाई जागिरे जमिन भन्ने गरिएको थियो । उक्त आठ सालहरुलाई जंगबहादुरले अशोक विनायक, जसलाई मरु गणेश भनिन्छ, जंबहादुरकी आमाले चाँदीको हात्ती चढाएकी थिइन् ।

जंगबहादुरका भाइले पनि चाँदिकै तोरण, धर्मनारायणबाट चाँदीकै गणेशको मूर्ति सुनको जलप छानामा र जात्रा चलाउने खट चढाएका थिए । चाँदीको हात्ती तोरण, गणेशको मूर्ति, सुनको छाना र जात्राको खटसमेतको सुरक्षा गर्न गुठी राखिएको पनि पाइन्छ । प्रधानमन्त्रीको सिफारिसमा राजा राजेन्द्रविक्रम शाहले उक्त आठ तोरी पेल्ने साल गणेश मन्दिरको नाममा गुठी राखेर धर्म-नारायण र उनका सन्तान-दरसन्तानले सञ्चालन गर्ने जिम्मा दिईएको थियो ।

ठहिटिचौकबाट तोरी वार्षिकरुपमा लिइने आर्थिक गणेश मन्दिर गुठीमा खर्च गर्न पाउने गरियो, तब गणेशको नित्य पूजाआजा र मर्मत संभार, जात्रा-प्रसादीसमेत सुचारु भएको थियो । कटुसालगायत आठ सालहरु गुठीमा राख्न राजा सुरेन्द्रबिक्रम शाहले साहु धर्म नारायणलाई वि.सं.१९१० पौष १२ रोज ३ मा दिईएको लिखत पाउन सकिन्छ । सरकारले तेल पेल्ने साल्मीलाई तोरी उपलब्ध गराई नियमानुसार तेल लिइन्थ्यो । उक्त आठ सालको साल्मीसंग सरकारले लिने रकम १९१० सालदेखि गणेश गुठी राख्न र ती सालबाट लिंईदै आएको रकम गुठीलाई दिने गुठीयारले दिप बहन तेल दिइन्थ्यो ।

कीर्तिपुरमा कोल सञ्चालन, पाँगा नगाँउ कीर्तिपुर पालिफल कोट सालटोलमा मानन्धरहरुको बस्ती छ । १९८० सालमा ८० मानन्धर परिवारको मात्र बसोवास भएको पाईन्छ । बि.सं. २०१०/०११ सालमा त्यो संख्या घटेर ६४/६५ मात्र थियो । मानन्धरहरुको बस्तीमा चारकोलमध्ये तीनवटा एउटा टहरामा र एउटा छुट्टै टहरामा राखिएको थियो । प्रायः गरे जाडो याममा तेल पेल्ने गरिन्छ । खेती नगरेको समयमा तोरी पेल्ने काम गरिन्छ । यहाँका मानन्धर परिवारले कीर्तिपुरमा एक परिवारले वर्षमा ६/७ पटक तेल पेल्न पाउँदथे, तेल पेल्ने कामको तया-रीमा ८ दिन जति लाग्दथ्यो । एक पटकलाई तीन मुरी तोरी चाहिन्थ्यो । तर, यत्रो तोरी जुटाउन मुस्किल पर्दथ्यो ।

तोरी खरिद गर्न पालुङ-टिष्टुङ-मार्खु-सिस्नेरीतर्फ पनि जाने गरिन्थ्यो । सो क्षेत्रबाट किसानले काठमाण्डौमा तोरी बिक्री गर्न ल्याउथे । तर, यसले मात्र नपुग्ने हुँदा हेटौडा-चितवन-माधववेसी-धार्के-खानीखोला तर्फबाट पनि तोरी ल्याएर तेल पेल्दथे । थानकोट मै व्यापारीहरुले तोरी खरिद गरेर आफ्नो गोदाममा राख्ने व्यापारीहरुमध्ये कीर्तिपुरका लक्ष्मीनारायण, उत्तर-नारायण र जितनारायण मानन्धरहरु प्रमुख थिए भने ज्ञानकाजी मानन्धर बनेपा सातगाउँ काभ्रे, सुखवेती मानन्धर आदी थिए । कीर्तिपुर नगरको कोदुसा टोलका पूणर्म् मानन्धरलाई गणेश गुठीमा दरिएको कीर्तिपुर कोलमा तेल पेल्ने मानन्धरसंग दस्तुर लिनका लागि वि.सं.१९८० आश्विन २१ गते रोज १ मा सुब्वा गणेशदास रत्नदासले दिएको ठेक्कासम्बन्धि लिखत पाईन्छ ।
ः समाप्त ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार