हेटौंडा । हेटौंडा उपमहानगर पालिका वडा नं ३ अन्तर्गत रहेको लेवट सामुदायिक उपभोक्ता समूह को जमिन कटान गरि अबैध रूपमा माटाे बिक्रीवितरण गरेको छ ।
लेवट चोक देखि जम्बु जाने बाटो मा सामुदायिक बन को जग्गा कटान गरिएको हो । किन र के का लागि कटान गरिएको कुनै कुरा थाहा नभएको तर बन उपभोक्ता समिती र उक्त समिती का सल्लाहकार अर्जुन ढकाल को मिलेमतो मा काम भएको स्थानीय बासिन्दा गुनासो छ ।
कुनै स्थानीय तह बाट योजना नपरेको ,राप्ती बन डिभिजन बाट पनि माटाे कटान गर्न अनुमती नपाएको स्थानीय ले जानकारी गराएको छ ।तर पनि माटाे कटान गरि स्थानीय सुब्बा स्याङ्तान को जग्गा मा लगेर खाल्डो पुरेको छ । सम्बन्धित निकाय हरु ले चासो नदेखाए यसरी नै मिलेमतो मा देश खोक्रो बनाउने छन । बेलै मा सबैको ध्यान जाओस ।