मकवानपुर । बकैया गाउपालिका को वडा नं ४ गरगरे मा अबस्थित वडा समिती को भवन मा तामाङ समुदायहरु ले बोलिने भाषा तामाङ भाषा को लिपि सम्बन्धि भाषा लेखक सिंंह ब योन्जन ज्यु बाट प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम को अध्यक्ष जित ब स्याङ्बो ज्यु को अध्यक्षता भएको थियो ।उक्त कार्यक्रम मा विभिन्न वडा का जनप्रतिनिधि ज्यु हरु को उपस्थिति रहेको थियो ।प्रमुख अतिथि का अनुसार आफ्नो भाषा ,लिपि ,हराउनु पसु सरह हुने बताउनु भएको छ । अहिले सम्म तामाङ समुदाय हरु काङ्ग्रेस ,एमाले ,माओवादी पार्टी भनेर जीवन नै खतम पारे अझै पनि पसु कै अवस्था मा बस्न बाध्य पारियो ।
देश का ठुला राजनीति पार्टी भनौदा हरु ले राजनीति नियुक्ति मा गठन गरिएको भाषा आयोग ले पालिका ,पालिका मा आफ्नै अनुकुल को भाषा अध्ययन अध्यापन गर्न नीति बनाउने भन्ने बिषय को कटाक्ष गर्नु भयो । आफ्नो लिपि हराएर कुहिरो को काग जस्तो भएको समुदाय लाई फेरि राज्य को तह बाट फुटाउन लागेको हुदा सचेत हुन पनि आह्वान गर्नु भयो । उक्त कार्यक्रम मा बकैया गाउपालिका का भद्र भलाद्मी हरु लामा गुरु हरु लगाएत को उपस्तिथि रहेको थियो ।