हेटौंडा पौष ११ । करिब अन्दाजी ११.२० हेटौंडा ८ को कालिका मन्दिर को तल पुल नजिक प्लटिङ तिर एकाएक हतियारधारी ब्यक्ति ले फायर खोल्छ त्याहा का स्थानीय ,ब्यापारी ,सडक मा आवातजावत गर्ने मानिस हरु हतोत्साहित हुँदै कोहि सुरक्षित स्थान खोजिदै त कोहि के को आवाज भनेर यताउता हेर्दै गरिरहेको अवस्था मा भने कोहि घटना स्थल तिर जादा हतियार धारी ले खबरदारी गर्दै सचेत गराइरहेको थियो । एक जना लाई निर्घात कुटपिट गरि प्राइभेट नम्बर को गाडी मा कोचिरहेको देख्दा लाग्छ कुनै फिल्म को सुटिङ जस्तो लाग्थ्यो ।
त्याहा सरकारी नम्बर को हाइलेक्स जस्तो देखिने गाडी मा अत्याधुनिक हरियार धारी ब्यक्ति को हर्कत ले कतै अपराधी हरु ले लेनदेन को विवाद मा यस्तो हर्कत गरेको जस्तो देखिए पछि एकाएक प्रहरी लाई खबर गरि प्रहरी को सक्रियता जिल्ला प्रहरी कार्यालय मा ती हतियारधारी समुह पुगे पनि कुटाइ खाने को हो ? जिल्ला प्रहरी कार्यालय लाई थाहै छैन । जवाफ मा ती हतियारधारी चितवन राष्ट्रिय निकुञ्ज का हुन उनिहरु गैडा को खाग को तस्करी लाई फलो गर्दै पक्राउ गर्ने क्रममा भएको घटना हो । जति पनि असोभनिय हर्कत हरु भए त्यस्को क्षमा याचना गरेर आइन्दा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता गरे पनि संकास्पद हर्कत ले अझै पनि घटना रहस्यमय छ । जो मकवानपुर जिल्ला को प्रहरी प्रसासन लाई जानकारी छैन जवाफ एउटा आए पनि संकास्पद घटना न प्रहरी ले बोल्न सक्छ ? न जिल्ला प्रसासन ले नै बोल्न सक्छ ? जुन दिन जनता ले स्पष्ट रूपमा सुन्न र बुझ्न पाउदैन तब सम्म रहस्यमय घटना रहने छ ।