हेटौंडा १५ । हेटौंडा १२ मा रहेको सामाजिक महिला संस्थाले महिला दिदी बहिनीहरु ,बालबालिका सम्बन्धि समाजमा एक ले अर्को को अस्थित्व स्वीकार गर्ने हिसाब ले शिक्षा ,स्वास्थ ,रोजगार ,सम्बन्धि हातेमालो गर्दै कानुनी तबर बाट सहकार्य गर्ने हिसाब ले जिल्ला प्रसासन कार्यालय मकवानपुर बाट बिधिबत दर्ता गरि ६ महिना भित्र साधारण सभा गर्नु पर्ने भएको हुदा बिधान बमोजिम साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रम का सभापति संस्था का अध्यक्ष सुसिला घलान ज्यु ले गर्नु भएको थियो भने जिल्ला समन्वय समिती का प्रमुख ललित घलान ज्यु को प्रमुख अथित्य मा अथिती हरु दिपक सिंतान ,रित्ता मंग्राती,लगाएत को उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त सभा ले केही बिधान हरु लाई संशोधन साथै पुरानै समिती लाई पुन अनुमोदन गर्दै सभा सम्पन्न भएको संस्था का अध्यक्ष सुसिला घलान ज्यु ले जानकारी गराउनु भएको थियो ।