12.7 C
Makwānpur
Homeमकवानपुर विशेषसमाजबादी महिला संघ ले आपती जनाउदै पदिय दुरुपयोग गर्ने ब्यक्ति लाई कार्बाही...

समाजबादी महिला संघ ले आपती जनाउदै पदिय दुरुपयोग गर्ने ब्यक्ति लाई कार्बाही हुनु पर्ने माग ।

हेटौंडा १६ । मकवानपुर जिल्ला मा २०८१/९/१४ गते केन्द्रिय उपाध्यक्ष बिध्युत बज्राचार्य को उपस्तिथि मा अबैधानिक रूपमा भएको कार्य प्रती समाजबादी महिला संघ का जिल्ला अध्यक्ष सुसिला घलान को हस्ताक्षर मा प्रेषित बिग्येप्ती मा आपती जनाउनु भएको छ ।

अध्यक्ष को भनाइ अनुसार अहिले सम्म दुइ (२) पटक भयो जिल्ला समिति मकवानपुर मा हमला गरेको एक (१) पटक कार्बाही मा परेको तर पनि मकवानपुर जिल्ला प्रती किन बाराम्बार प्रहार गरिरहन्छ ? पार्टी निर्माण को कुरा मा एक जना पनि पार्टी सदस्य बनाउन नसक्ने तर बिगार्न मा यति धेरै लागि पर्नु के पार्टी निम्ति हित होला ? अध्यक्ष घलान ले प्रस्न गर्नु भयो ।

अध्यक्ष घलान ले पुन कुरा राख्दै गएको प्रदेश र संघ को निर्वाचन मा मकवानपुर  जिल्ला बाट प्रदेश सभा मा समानुपातिक तर्फबाट सिफारिश भए पनि मकवानपुर जिल्ला मा प्रचार प्रसार गर्नु साटाे अन्य क्षेत्रमा गएको भनी त्यति खेर पार्टी को जिम्मेवार ब्यक्ती चुनावी मैदान बाट भागेको भनी केन्द्र ले स्पष्टीकरण सोधेको थियो । पहिले पनि जिल्ला घोषणा भएको २ महिना पछि केन्द्रिय सदस्य मेजर मान मोक्तान र बिध्युत बज्राचार्य र माओवादी केन्द्र मा गएका सुभरत्न गोलेको नेतृत्व को समूह हरु को समानन्तर बैठक बसि जिल्ला समिति बिगठन गर्न माइन्युट नै गरेको थियो ।

जनता समाजबादी पार्टी नेपाल ले नेपाल कै इतिहास मा समाबेसी को मुद्दा उठाउने पार्टी हो । सम्पन्न एकता को राष्ट्रिय  महाधिवेशन ले तय गरे अनुसार ५ जना उपाध्यक्ष मध्ये कम्तीमा १ जना महिला हुनै पर्ने स्थान मा त्यो स्थान मा बिध्युत बज्राचार्य ले जबर्जस्त षड्यन्त्र गरेर हत्याएको हो । वहाँ ले थप्दै भन्नू भयो वहाँ को भूगोल कहाँ हो ? मकवानपुर जिल्ला को भनेर भन्नू हुन्छ उहाँ ले पार्टी सदस्य नै भर्नु भएको छैन उहाँ को बैधानिक के हो ? अब त स्पष्ट हुनु पर्छ नि ? के उहाँ छाडा छोडिएको साढे हो र ? उहाँ लाई पार्टी को विधि बिधानले छुदैन ? समाज बादी महिला जिल्ला अध्यक्ष सुसिला घलान गम्भीर हुँदै भनिन र उहा ले जारी गरेको बिग्येप्ती मा भनिएको छ यस्ता अराजक गतिविधि बाट पारिएको भ्रम मा नपर्न सम्पुर्ण पार्टी पंंक्ति मा अनुरोध गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार