हेटौंडा २६ । जनता समाजबादी पार्टी नेपाल को अभियान जनता संग जसपा नेपाल अन्तर्गत मकवानपुर जिल्ला मा पनि सुरु गरिएको छ । जसपा मकवानपुर का जिल्ला अध्यक्ष सोम बहादुर घलान ले जानकारी दिनु भएको छ ।
आज भएको कार्यक्रम मा विभिन्न राजनीति पार्टी परित्याग गरि जसपा नेपाल को बिचार र सिद्धान्त लाई मन पराउदै पार्टी प्रवेश गरेका छ्न ।नब प्रबेशिका हरु लाई जसपा मकवानपुर का जिल्ला अध्यक्ष ले पार्टी सदस्य पत्र प्रदान गरि पार्टी प्रवेश गराउनु भएको थियो ।
भेला ले नबराज घलान को अध्यक्षता मा १९ सदस्यीय गढि गाउँ पालिका गठन गरिएको छ । भेला लाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष ले जब सम्म देश को विधि सिस्टम बदल्न सकिन्न तब सम्म देश र जनता ले कहिले पनि सुख पाउने वाला छैन । विधि र सिस्टम बदल्न हिड्ने मानिस ले कम्तीमा आफू पनि विधि सिस्टम मा रहन सक्नु पर्छ । जस्ले त्यता ध्यान दिदैन त्यो देश को मात्र हैन समाज ,पार्टी ,परिवार को लागि पनि घातक हुने वहाँ ले भन्नू भयो ।
कार्यक्रम मा जिल्ला सचिबालय सदस्य टुंग नाथ तिमिल्सिना को सभाध्यक्ष मा कार्यक्रम संचालन समाजबादी महिला का जिल्ला कोषाध्यक्ष अम्बिका अधिकारी ले गर्नु भएको थियो भने अतिथि हरु मा जिल्ला अध्यक्ष सोम ब घलान, जिल्ला सचीब दिपक सिंतान ,समाजबादी महिला का जिल्ला अध्यक्ष सुसिला घलान ,महिला सचीव अस्मिता तितुङ्ग ,सदस्य हरु बिन्दु लो ,बृष मोक्तान लगाएत को उपस्तिथि रहेको थियो ।