हेटौंडा २८ । जनता समाजबादी पार्टी नेपाल ले देश भरी अभिमुखीकरण कार्यक्रम लाई भब्य रुप ले अगाडि बढाइ रहेको अवस्था छ । ४ महिना मा समय नपुग भएको ले केन्द्रिय कार्यकारिणी बैठक ले २ महिना थपेको छ ।
उत्साह पुर्ण कार्यक्रम ले गति लिइरहेको अबस्थामा मकवानपुर मा भने बिबाद हुन पुगेको छ । आज जसमा नेपाल जि स स मकवानपुर अफिसियली पेज बाट सूचना जारी गरिएको छ । सूचना जिल्ला अध्यक्ष सोम ब घलान ले जारी गर्नु भएको छ । पार्टी को बिधान बिपरित कार्यको घोर निन्दा गरेको छ । बिधान ले जिल्ला समिति भंंग गरिने कुरा को कल्पना गरेको छैन । सबै को चासो त्यसो हो भने कसरी जिल्ला समिति भंंग भयो ?सामाजिक आवाज को विशेष ब्युरो ले टेलिफोन सम्पर्क गरि प्रस्न गर्दा ? हाम्रो पार्टी को बिधान ले ५ जना केन्द्रिय उपाध्यक्ष को कल्पना गर्दछ । त्यस मध्ये १ जना उपाध्यक्ष बिध्युत बज्राचार्य हुनुभुन्छ । वहाँ ले मिति २०८१/९/१४ गते को दिन जिल्ला का ६ जना बाहिरी जिल्ला का ४ जना जति जम्मा पारेर विशेष भेला भनेर जिल्ला भंंग गर्नु भयो त्यो नै बिधान बिपरित भैसक्यो ।
जिल्ला संंगठन समिती ,आंंगिक संगठन , पालिका समिती ,६०० जना संगठित सदस्य हरु लाई एक सुको जानकारी छैन । यो त राणा हरु को फर्मान जस्तो पो छ ।जिल्ला लाई अरु सरह प्रतिस्पर्धा गर्न बलियो बनाउनु पर्ने मा झन पार्टी सिध्याउन लाग्नु देश भरी का नेता तथा कार्यकर्ता हरु ले पक्कै हेर्ला भनेर भन्नू भयो।
पार्टी को बिधान ले साच्चै नै जिल्ला भंंग को परि कल्पना अधिबेशन र पार्टी केन्द्रिय समिती बाट मात्र हो भने अध्यक्ष घलान ले बताउनु भए झै बिधान बिपरित जाने लाई छुट त पक्कै दिदैन होला के कार्बाही होला त ? जनता समाज बादी पार्टी आफ्नो बिधान प्रती कति को इमानदार छ हेर्न बाकी छ ।